Sunday 7 April 2019


गजल

स्वतन्त्र रचना कबिता सत्ताको बिपक्षमा हुन्छ
गीत रचक रचयिता सत्ताको बिपक्षमा हुन्छ

...

रमिता हेरी ताली बजाउने त्यो भजन भन्दा
समाजका पीडक पीडिता सत्ताको बिपक्षमा हुन्छ

भाडामा लेख्ने पत्रकार बाहेक बाँकी पत्रकार
कार्टुन स्तम्भ रमिता सत्ताको बिपक्षमा हुन्छ

बिपक्ष हुँदा तालीले स्वागत गर्छन् तिनै गीतलाई
भ्रष्टका बिरोधक बिधाता सत्ताको विपक्षमा हुन्छ

See More

No comments:

Post a Comment