Friday 29 August 2014

गजल

(संरचना-8/4, बिश्राम- पाँचौँ अक्षर र आठौँ अक्षरमा)

कण-कणको आवाज भिन्न हुन्छ
एकै नेपाली समाज भिन्न हुन्छ॥

बीर गाथाले भरेको उच्च शिर ...
बिश्व ब्यापी छ बिराज भिन्न हुन्छ॥

घर- घरमा कला र कौशलको
आफ्नै पौरखी अन्दाज भिन्न हुन्छ॥

दैत्य राक्षस दलाली नेता सब्को
संबैधानिक जहाज भिन्न हुन्छ॥

धर्म संस्कृति भित्रको कालो पर्दा
हिन्दु मुस्लिम्को त्यो लाज भिन्न हुन्छ॥

प्राय: बन्लान मन्त्रि र राष्ट्रपति
महा राज र धिराज भिन्न हुन्छ॥

वाक्कै भो यहाँ स्माईल हेर्दा हेर्दै
जन्म मृत्यु र क्रियाकाज भिन्न हुन्छ॥


No comments:

Post a Comment