Sunday 7 April 2019


गजल

नशा नशामा तिमी छेउ र पो म जीवित छु ;
तिम्रो जीवन मलाइ देउ र पो म जिवित छु ।१।

...

तिम्रो अोठमा खुशी ल्याउन सयौँ पटक मर्छु ;
मैले फेर्ने हर श्वाशमा रहेउ र पो म जीवित छु ।२।

जंगली जन्तु पनि रतिन्छ माया पायो भने ;
तिमी मानव प्रेमी भएउ र पो म जीवित छु ।३।

अाफु जस्तै मलाइ पनि सोचेर हेर प्रिया ;
रगतको कण कणमा बगेउ र पो म जिवित छु ।४।

सफल बन्न साथ दियौ भने पक्का सफल हुन्छु ;
यस्तै अाशा भरोसा बनेउ र पो म जिवीत छु ।५।

See More

No comments:

Post a Comment