Sunday 7 April 2019


गजल

गरिब देखिए महल र कार हुने हरु ;
वाइड बडीले डामेका भार हुने हरु।१।

...


गरेको देखियो प्रभुको खाते दारी मात्र ;
हनुमान भक्त दलाली बिचार हुने हरु ।२।

नेपालको बिकास देखेर दुनिया अचम्म भो रे;
कताबाट बोल्छन् हावाको संसार हुने हरु ।३।

भ्रष्टको कहिल्यै अनुहार नहेर्ने पुकार छ ;
दायाँ तथा बायाँ भ्रष्टका यार हुने हरु ।४।

निकम्बा लाग्दैछ चुनेर पठाएका संसद ;
कता छन् जन्ताका मान्छे र अाधार हुने हरु? ।५।

See More

No comments:

Post a Comment