Wednesday 17 December 2014

गजल

नेपाली खुट्टा ताना-तानले बिग्रे ।
आरोप लाई भना-भनले बिग्रे ॥

समस्या आफ्नै थाहा भएन किन?
लुकाइ गल्ति जाना-जानले बिग्रे ॥

लालच माथी ठूलो प्रलो-भनले छोयो ।
औसर छोप्न पैसा गना-गनले बिग्रे ॥

टुप्पोमा पुग्न लाई गरे प्रयोग अरु ।
भर्याङ चढि नेता छाना-छानले बिग्रे ॥

हेर्नुस बिश्व भरी आफ्नै नेपाली भाषी ।
शब्दको उच्च मुक्का हाना-हानले बिग्रे ॥

संयम छैन लड्छन् भाइ-भाईमा यहाँ ।
फुटाई पार्टी स्वार्थी दना-दनले बिग्रे ॥


No comments:

Post a Comment