Friday 19 December 2014

गजल

संघियतामा, कुरा, अड्केला जस्तो छ
बिधी-बिधान, ऐन, खड्केला जस्तो छ !१!

...

संबिधानका, धारा, खण्डमा कसैका
मनोआकांछ्या, सारा, भड्केला जस्तो छ !२!

समयसिमा, लाग्यो, सकिन माघमा
पहिलोखुट्टा, कठै! रड्केला जस्तो छ !३!

आसमाबसे, बन्छ, भनेर कानुन
नेपालीमन, फेरी, धड्केला जस्तो छ !४!

असफलता, हात, लागेर चुलिंदा
बमबारूद, पुन: पड्केला जस्तो छ !५!

नत-मस्यौदा, बन्यो, न-कुनै खाका ति
मष्तिकऊम्ली, मुटु, छड्केला जस्तो छ !६!

See More

No comments:

Post a Comment