कबिता-----भूकम्प पछी
जीन्दगीको बास
एकै प्रहरमा लडेपछी
मेरी आमा...
आँखा सुमसुमाऊँदै
टिलपिल
आँसुको थोप्पा
तप्प तप्प चुहाऊँदै
सपना सकेको
महशुस गर्दै हुनूहुन्थ्यो ।
भोलीपल्ट हालेको छाप्रो
हावाले ऊडाऊँदा
पानीमा भिज्दै
थर्थर् काम्नू भो
र
भन्नु भो -
"यि पापी असतिहरू"
ऊहाँको ब्यंग्य
पाल त्रिपाल बेच्नहरूलाई थियो
जस्ता पाता र राहत सेच्नेहरूलाई थियो ।
हिऊँदको जाडो संगै
छिमेकीले नाका लगायो
कठपुतली सरकार
हात बाँधेर बसि
देशमा कालो बजारीलाई
संरक्षण दिई बस्यो
गाऊँ गाऊँमा बृद्धहरू
जाडोले
लगलग कामी रहेका छन्
चिसोले नारी छामी रहेका छन्
बाँच्नको लागी
एऊटा जीन्दगी
साँच्नको लागी ।
No comments:
Post a Comment