गजल
हिमाल/तेङ्खाङ्पोचे छन्द: SSS SSI SSS SIS S
दीमागी हालात खस्के, कानुन लस्के।...
नेपाली सम्मान आस्था, सम्पुर्ण धस्के॥
अस्थिर् रह्यो बीर गाथा, आधार बाँच्ने।
बीतृष्णा बढ्यो सबैमा, छाती यि चस्के॥
छाडा काईदे नीतीमा, चल्दै छ राष्ट्र।
हड्ताल् माथी बन्दकै याँ, दैनीकि पस्के॥
चूरी फूरीको अवस्था, साम्राज्य तिन्कै।
गुण्डाको प्रयोग बढ्यो, मूहार भस्के॥
http//smile-sharmainfo.blogspot.com
No comments:
Post a Comment