Sunday 30 November 2014

गजल
छन्द: रोकापि/हिमाल
सुत्र: III SSS SSS
बिश्राम पाँचौं अछ्यरमा

...

शितल शान्ती, ठाउँ खोई?
सवल ठूलो , गाउँ खोई?

रगत बग्या, पूरानै त्यो।
जिउन लायक् साउँ खोई?

शहिद हाम्रो, बेकार् भो याँ !
जनम दिन्मा नाउँ खोई?

कसरि बन्ला कानुन् यहाँ?
कदम रोके, जाउँ खोई?

गरिब रुँदै, हिंड्यो आज ।
घर छ रित्तो, खाउँ खोई ?

शहर घुम्थे, नाङ्गै हिंड्थे
बिबश थे सब्, लाउँ खोई ?
http//smile-sharmainfo.blogspot.com
अन्त्यमा लघु हुँदा पनि गुरु मान्ने गरिन्छ

See More

No comments:

Post a Comment