Sunday 14 September 2014

गजल

पहिरोमा जनता मर,े सरकार चुप छ ।।
प्रायः जसो बिचल्लि पर,े सरकार चुप छ ।।

खानेकुरा बासको लागी, रात भरि तड्पिंदा ।।
भोकै प्यासै बैतर्नि तर,े सरकार चुप छ ।।

भारतको गुलामी भयो, मोदिको भो तयारी ।।
भाषणको महिमा छ रे! सरकार चुप छ ।।...

सुनकोशि छेकियो भन्छन्, गाइँगुइँ हल्ला भो ।।
सहयोग भनि झोला भरे, सरकार चुप छ ।।

पश्चिममा आपत्ती बढ्यो, राहत त्यो कता गो ?
दिएका ति डलर हरे, सरकार चुप छ ।।

©(स्माइल गजुरेल

No comments:

Post a Comment