Saturday 30 August 2014

अंकुश

सार्थक जीवन बिरुद्द
अहमताले लादेर
अधिकार बञ्चित गर्ने
एउटा उपाय हो
अंकुश
साम्राज्यका पादरिहरुले
नेपालकै गाउँ घरमा
सामन्ति र शोषकपनको...
आभाष दिलाएर
स्थिति बिगारिएको
दु:खात्मक अवस्था हो
अंकुश
"फुटाउ अनि राज्य गर"
बुद्दि बिज्ञानमा
सिमित दायरामा
कैद गरि राखिएको
स्वतन्त्रात्मक मनोबल माथि
लादिएको अधिनायकवाद हो
अंकुश
शाषकहरुले
सर्बहारा र निमुखा माथि
महा मानबको बुट लगाएर
छातिमाथी बुट बजार्दै
पाखण्डि र घमण्डि पनले निलेर
जबर्जस्ति
"परिवर्तनको" भाषण दिएर
सिमित परिधिमा
खुम्चाईएको दयनिय पल हो
अंकुश
भुक्तभोगि मनुवाहरुको
नयाँ खेल
झुटो पासा
झुटो आशा
लाचार अहमतामा जकडिएको
धुकधुकि आशको
बाटो काटेको स्तब्ध घडि हो
अंकुश
अंकुराउनु पुर्ब
टुसा भाँच्न
सामुहिक रुपमा
गुप्तचरहरुले सिमा नाघि
हावा न कावा बनाउने
मिठो मनसुबामा
साठि बर्ष नाघेका
घटिया बृद्द महाशयहरुको
थाङ्नामा सुताउने
चरित्र लुटाउने
धुर्त बठ्याईँ
प्यारालाईशिश बिरामि हो
अंकुश
मौनता माथि
दुस्साहसको कप्टेरोले
तातो तेलमा
पानी खनाएर
आङ् कनाएको अवस्था हो
अंकुश
जो अन्त्य गर्नै पर्छ
कठाला धर्नै पर्छ
बिहानि खोज्न
नयाँ दिन रोज्न

No comments:

Post a Comment