Saturday 30 August 2014

बाघको शिकार

केहि छट्टु स्यालहरु
शिकारि र्यालहरु
पछाडि बाट
बाघको शिकार खेल्न
बन्दुक सोजाउँदै छन् रे
पासाहरु रोजाउँदै छन् रे
मारेर
छाला बिक्रि गर्न...
हड्डि बिक्रि गर्न
नाकको ईज्जत बिक्रि गर्न
जुँघा ओखलेर चढाउन
शाहसि बढाउन
यिनका
बिग बिगि
मानबिय जंगलमा छ रे
ठूलै रुखको आढमा
पछिबाट हमला बोल्न होला
पुरै जीन्दगि मोल्न होला
बाघ
आफैँमा हृंसक होईन
उ आफ्नै बाटो चलेको हुन्छ
धपधपि आँखा बलेको हुन्छ
जब
मानबता हराएका
ईर्ष्यालु महामानबहरु चलाउँछन्
जीन्दगी लुट्न आँखा छलाउँछन्
तब
मानब रुपि बाघ गर्जन्छ
उस्को आवाज काफि हुन्छ
दरिद्रे मान्छेहरु
पसिना चुहाएर मुत्छन्
एकै
गर्जनमा प्राण जान्छ
होस हवास लान्छ
अनि
आफ्नो पुरै देह सुम्पेर
बिश्वबाट लोप हुन्छन्
क्षणभरकै छोप हुन्छन्
गतिशिल बस्तुलाई
चुनौति दिएर
मौका ढुकि बसेका शिकारिहरु
मानबता नभएका भिखारिहरु
बाघको फड्काई बुझि राख
रिसको कड्काई बुझि राख
यदि
उफ्रिन पर्यो भने
तिमी सबको धुरि नाघ्ने छ
हावाको बेगमा भाग्ने छ
आफ्नो रक्षार्थ
धाह्रा पालेको छ उसले
नङ्ग्रा र घातक पञ्जा
सारा पालेको छ उसले
चरित्र बचाउन
आस्था रचाउन

No comments:

Post a Comment