Sunday, 14 September 2014

गजल

सागरमा आगो बाल्छु, बिचार सब्को गाल्छु ।।
देशैभरि स्वर्ग रच्ने, नविन कार्य थाल्छु ।।

जनताको आँखा माथि, लगायौ किन धोति ?
हेरि राख चोर नेता, शाषण तिम्रो फाल्छु ।।

भलो हुन्न जगतको, कानुन बन्न बाँकी ।।
लुटि रहे पद पैसा, बिकल्प अर्को चाल्छु ।।...

स्वधिनता स्वतन्त्रता, ग्यारेन्टि गरि यहाँ ।।
छानी छानी जेल हाल्छु, भ्रष्टको दुलो टाल्छु ।।

सार्बभौम सम्पन्न छ, भनाइ मात्र हो कि ?
संबिधान बन्या छैन, सरकार फेरी ढाल्छु ।।

© —स्माइल गजुरेल

No comments:

Post a Comment