Saturday 30 August 2014

गाजलु ति आँखा भित्र नलुकाएकै जाति हुन्छ!
पैरो लाग्छ जीन्दगिमा कष्टले नाना भाँति हुन्छ!!

अन्धकार छान्ने गर्छन् आफ्नै भाग्यको रेखाहरु!
नसोचेको चोट पर्छ दिउँसै मध्य राति हुन्छ!!

बिग्रनेछ शुभ दिन शुभ कामका लक्ष्यहरु!
तड्पि रन्छ मन मुटु जलेको एक छाति हुन्छ!!...

पिरोल्ने छ हर बखत् चिन्ता पिरले दिनहरु!
निको हुन्न पक्कै घाउ मलामी लर्को ताँति हुन्छ!!

रितिनेछ खुशियाली लावा लस्कर शंख बजी!
टिपी काँध्मा लाश बोकि चिता माथि त्यो हाति हुन्छ!!



No comments:

Post a Comment