कस्ले गर्छ जबर जस्ति नाता जोड्न?
नचाहिँदो फुईँ होस् मस्ति नाता जोड्न॥
नजानेर अञ्जान बन्छ भने कोहि।
छोड अनुसन्धान गस्ति नाता जोड्न॥
समस्याको समाधान छ हेर्दै जाँदा।
तिमी ठुलो कुन हौ हस्ति नाता जोड्न?...
बिचारको धनि र महान् गरिबिकै।
पढेको होस् झुप्रै बस्ति नाता जोड्न॥
बाहिरी सुन्दरता चाट्नु या छाँट्नु म।
खोज्छु मनको राम्रि सस्ति नाता जोड्न॥
नेपाली साहित्य चौतारी बिशुध्द नेपाली साहित्य थलो हो जहाँ हरेक नेपाली साहित्य अनुरागिले आफ्नो रचना तथा कृति प्रस्तुत गर्न सक्नुहुनेछ । नेपाली साहित्यको बिकास र संरचनात्मक परिवर्तन गर्ने उद्देश्यले यो आधार निर्माण गरिएको हो । तपाईंहरुको सल्लाह, सुझाब, साथ र सहयोगको अपेक्षा गरेका छौं । तपाईंको निरन्तर भेटले हामी हाम्रो नेपाली साहित्यलाई अझै माथि उकास्न सक्छौं । मित्रहरु तपाईंको मनको धारणा बिना हिचकिचाहट पोख्नुहोला । धन्यवाद
Saturday, 30 August 2014
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment