Saturday 30 August 2014

थुईक्क! परम्परा

बिरामी हुँदा न दाई छ न भाई छ॥
मरेसी दिने घर भरि नै गाई छ॥

कसरी भयो हार? उत्तर खोज मित्र॥
जितमा मात्र किन त्यत्रो बधाई छ?...

पाले त हुन्थ्यो बाँचुन्जेल सम्म यहाँ॥
मरेसी भोज भतेर भाँडा कराई छ॥

खुशिमा ताली, पिडा कष्टमा एक्लै भो॥
आँखामा आँशु छ न हाई छ न बाई छ॥

जिउँदो छँदा पाएन लाउने लुगा॥
मरेसी दान धर्म रेँ खर्च अढाई छ॥

भोकले प्याक्क हुँदा सोधेनन् उस्लाई॥
मरण पछी श्राद्ध एक्काकै मपाई छ॥

सेवक थियो देशको कदर भएन॥
देहान्त पछी श्रद्धाञ्जलीले छाइ छ॥

लगौने धरो छैन पहाडी गाउँमा॥
शहरी ठाँट सुट माथी नि टाई छ॥

दलाली नेता भरौटे धुपौरे भन्दा॥
ईज्जत वान मे'नती धाई छ नाई छ॥

हिमाल अनि पहाड आँच कमै छ॥
भारत बाट लुटिनेमा तराई छ॥


No comments:

Post a Comment