Thursday 25 April 2019

लघुकथा - अाशा
- बालकृष्ण गजुरेल

"यो श्वासले पनि कति टेन्सन दिन्छ ? बरु सजिलोसँग मर्न पाए हुन्थ्यो ।" हजुरअामाको गुनासो । " त्यहि त बुढी माउ , कति गनगन गर्नु परेको ? म‌ैले हजुरअामालाई शान्त्वना दिएँ । हजुरअामाको जीवनमा शास्ती थियो । बुढेसकालले अाँखा कम देख्नु हुन्थ्यो । कान कम सुन्नु हुन्थ्यो । हातगोडा लुला भएका थिए ।

...

घाम यसरी चर्कियो कि ! तातो कोइला जसरि । मलाइ खेतमा जानू थियो । खाजा खाएर खेतमा पानी लगाउन हिँडे । वरिपरि हरियो फाँट , विचमा हाम्रो खेत पर्थ्यो । अोरालो झरेर चौतारीमा बसेँ । चौतारीबाट हरियो फाँट हेर्न एक दम सुन्दर लाग्ने । झम्के बाजे पनि चौतारीमा भेट भो । बुढेस कालमा पनि तगडा थिए बाजे । सहायद , सुको मानो घिउ खाएर होला । नाम घिउको भए पनि हराभरा प्रकृतिको देन हो ।
"बाजे नमस्ते ! सबै कुरा महंगा जुन सरकार अाए पनि उही भो ।" मैले चिन्ता जनाएँ । "हेर बाबू ! रातपछि दिन आउँछ ।रात जति घना र डरलाग्दो बन्दै जान्छ , उति विहानी हुने समय नजिक हुँदै जान्छ । प्रकृतिको चक्र हो आशा मार्नु हुन्न ।" शान्तहुँदै भने । " भरोसा लागेन कसैलाई पनि । सब‌ैले मुख लत्राए । म बेँसी तर्फ हिँडेँ ।

See More

No comments:

Post a Comment