Friday 29 August 2014

गजल

मनको बहमा ईतिहास हुन्छ।
कहानी कथा र मधुमास हुन्छ॥

रातको अँध्यारो सुनसान भित्र।
बितेका बिगत काहिँ खास हुन्छ॥
...
उनिले बिहेको निम्तो छोड्दै बोलिन्।
मरेर जीवन क्षण्मै लास हुन्छ॥

प्रेममा पागल हुनेहरु भन्छन्।
गहिरो समुन्द्र स्वयं नास हुन्छ॥

बिज्ञान दुनिया चमत्कार गर्छ।
मानब बस्तिमा यन्त्र बास हुन्छ॥

सडेका श्रीमति बिहे गर्नु हुन्न।
गुलामी बनेर उस्कै दास हुन्छ॥

नियाल्दै स्माईल हत्तु हैरान् भयो।
प्रत्येक सालमा दुशाहस हुन्छ॥

-स्माईल गजुरेल
हेलम्बु सिन्धुपाल्चोक, नेपाल


No comments:

Post a Comment