Friday 29 August 2014

गजल

जसो गरे पनि हुन्छ लाज पचेपछी|
क्षणमा सम्मान धुन्छ लाज पचेपछी||

निर्मोहिले लात्ति हानी अर्कै केटो खोजी |
माया बिहे भिन्न हुन्छ लाज पचेपछी||
...
झुटा सपानाले बाँधी आँधी बेरी ल्याई|
क्षण्मै कैँयौँ मृत्यु छुन्छ लाज पचेपछी||

नेपालका केटा छानी अमेरीका बस्ने|
मोज मस्ति गरी चुन्छ लाज पचेपछी||

प्रतिज्ञाको अवरोध गरी पिडा दिई ब्यर्थै|
ला खौँ झुटा पासा बुन्छ लाज पचेपछी ||


No comments:

Post a Comment