Sunday 7 April 2019


लघुकथा - भजन न गाए नकरात्मक

गाउँभरी पढे लेखेका ब्यक्ति धेरै थिए । रामेशले पनि मास्टर पास गरेको थियो । पढेका अाफैँ रोजगारी गर्दथे । उनिहरुलाई राजनिती गर्ने चाहना थिएन । देवी प्रसाद पहिला अपराधिक क्रियाकलापमा जेल गएका थिए। जेलबाट निस्के पछि देशभक्त पार्टीमा लागे । चुनाव नजिक अाउँदै थियो । उनलाई पार्टीले गाउँको मुखियाको टिकट दियो । उनले जनता खुशी पार्न ठूला-ठूला भाषण ठोके । गाउँमा केबलकार , विश्वविद्यालय, एयर्पोर्ट इत्यादि बनाउने । शहर छेउको त्यो गाउँ ठूलो थियो ।

उनका पछाड...ी धेरै शिक्षित लागेका थिए । केही शिक्षित भने उनको समिप्यमा रहँदा निकै पैसा हात पर्छ भनेर गुलामी गर्थे । शिक्षित बर्गले हजुरी लगाएसी उनले धेरै काल्पनिक भाषण ठोके । गाउँलेलाई पनि देबी प्रसादले धेरै राम्रो गर्छन् भन्ने भान भयो । सबै गाउँले खुशी भए। रामेश लगायत अरु शिक्षित युवाहरुले उनको पक्षमा भोट मागे । वरिपरि भद्र भलाद्मीको फौजमा ठाँटिएका देबी प्रसाद राज नेता जस्तो लाग्दथ्यो । उनलाई गाउँलेले जिताए।

चुनाब पछि बजेट अायो । दिनहुँ देबी प्रसाद भोज भतेर गर्न थाले । अाफ्ना अासेपासे सबैलाई भोज दिए । न मोटर बाटो बन्यो । न गाउँमा अस्पताल । न कुनै कलेज । डाक्टर पढ्न ५० लाख तिर्नुपर्ने । गाउँले दिक्क भए । केही शिक्षित युवा धेरै चिन्तित भए । तिनीहरुलाई नबोली नहुने भो । रामेश पनि त्यहि युवा जमातमा थियो ।

देबी प्रसाद अाफ्ना अासेपासे शिक्षित युवालाई प्रयोग गरेर गाउँले अाफ्नो अधिनमा राख्दथे । केही बोल्यो भने उनका गुलाम गर्नेले गाउँलेलाई तर्साउँथे । चुनाव पछि देबी प्रसादले मुखिया कार्यालयमा शाला शाली भर्ना गरे । सबै शाला शाली बिदेश भ्रमण गर्न थाले । देबी प्रसादले भनेको केही पनि गरेनन् । जताततै अार्थिक घोटाला । अाश्वासन केही पनि पूरा गरेनन् । उल्टै तिरो बढि तिर्न पर्ने भयो । पत्रकार र मिडियाको अगाडि स्वर्ग जाने बाटो बनाउँछु भन्न बाहेक अरु सबै भन्न भ्याउँथे । गुलामीहरु मालामाल भए । सिधा गाउँले जिउँका तिउँ भए ।

रामेश लगायत ती शिक्षित युवालाई त्यो असह्य भयो । तिनीहरुले कबिता र गीतको माध्यम बनाएर बिरोध गरे । देबी प्रसादका गुलामीहरुले धम्कि दिए । बाँच्न मुस्किल हुने भो । तैपनि निर्डर बने । देबी प्रसादले जसो गरे पनि ठिक गरे भनेनन् । भजन गाएनन् । पुकार गरेनन् । अारती उतारेनन् । धुप ,दिप , नैबेद्य अादि गरेनन् । त्यसैले देबी प्रसादलाई ; रामेश र उनको समुह नकरात्मक लाग्यो । तीनीहरुको कबिता र गीत नकरात्मक लाग्यो । उनका गुलामीहरुले रामेश लगायतको समुहलाई नकरात्मक समूह भने । मानसिक ब्यक्तिहरुको जमात भने । जो जाने त्यहि भने । जस्तो क्षमता त्यस्तै देखाए । रामेशलाई अचम्म लागेन । उसले गाउँलेलाई सतर्क गराइ रह्यो ।

See More

No comments:

Post a Comment