Sunday 7 April 2019


गजल

नेपाल देश होइन बजार बन्दै अायो ;
कमाउ तिमी जसरि हजार भन्दै अायो।१।

...

बजार भन्या दलाल र फटाहाकै ठाउँ हो ;
बिश्वको खुल्ला व्यापारी एनजिअो धन्दै अायो ।२।

जहाँ बजार हुनेछ राजनिती धन्दा हुन्छ ;
सेवक खोइ कहाँ छन् ? सत्तामा अन्धै अायो।३।

क्षमता भएका जति बाहिरीँदै गएसी ;
प्रतिभा कहाँ रहन्छ? रकम गन्दै अायो ।४।

सक्नेले राख्छ थुपारी लुटेका ती खजाना ;
धन्दा चल्ने यो राज्यमा स्माइल कन्दै अायो ।५।

See More

No comments:

Post a Comment