लघुकथा -अस्तित्वको लडाइँ
बालकृष्ण गजुरेल
रामु काका गाउँका भद्र मान्छे । सहयोग नगरेका ब्यक्ति नेभेटिएला खोज्दा । अरुको उध्दारमा जीन्दगी बन्धकि राखे , अाफुले कष्ट अँगालि ।
...मान्छे हो मर्नु पर्ने । समयान्तरमा उनको मृत्यु भयो । पूरा गाउँले खनिए मलामी । संयोगबश त्यहि घाटमा एक भ्रष्ट नेताको लास पनि जलाइरहेको थियो । रामु काकाका मलामीमा भिन्न चिन्ता थियो । गुमाउन परेकोमा दुखेसो थियो । भ्रष्ट नेताको मलामी करकापले अाएका थिए । मलामी बराबर पचास बीस । दुबै तर्फका मलामीलाई रामु काकाको अस्तित्व खड्कियो ।
No comments:
Post a Comment