Sunday, 7 April 2019


लघुकथा - "नि:शब्द"
बालकृष्ण गजुरेल

"धिम्कार छ त्यस्ति असतिलाई । त्यस्ता शिशु छोडेर पोइल गइछ ।" खड्किनि माइलीले धारे हात लगाइन् । हुन पनि हो, बिकास दुई बर्षको र छ महिने बहिनी छोडेर उसकी अामा निर्मला पोइल गई । सिधा देखेसी गरि खाँदैन भन्ने शब्दको चरितार्थ भयो बिकासको बाउको ।

...

गाउँको खेतवारी । गरिखान जति पनि भको । क्षणिक यौनको तृप्ततामा परिवार छोडी । सबै तृप्तता अाफ्नै श्रीमानमा खोजेको भए सबैको सम्मानको पात्र हुन्थी । श्रीमान हर्ता कर्ता नै थियो । गहुँ गोरो , अग्लो , लाम्चो चिउँडा भको श्रीमान गाउँकै सुशील र सिधा हो । उसले छोरो पढायो । बिकास ठूलो भयो । इमानदारी र इज्जतदारी हुनाले समुदायमा नाम चल्यो ।

उ हेड मास्टर भएर लामीडाँडामा गयो । उक्त गाउँमा विशाल एक गरिब विद्यार्थी थियो । उसको हालत देखेर उसले छात्रबृध्दी अाफ्नै पकेटबाट दियो । एक दिन विशाल रुँदै बिद्यालय दाखिफ भो । मानबताको त्यो खम्बा पग्लियो मैन बनेर । "विशाल , लु घर देखाउन मलाइ लिएर जाउ । म तिम्रो बाबा अामासँग भेट्न चाहन्छु । " बिकासले अाग्रह चढायो । गुरुको अाग्रह उसले स्विकार्यो ।

दुबै जना बिशालको घर गए । बिशालको अामाको मातृत्वमा उसले अाफ्नो अामाको मातृत्व देख्यो । टालेको चोलो र मैलो फरियाले गरिबको नाजुक अवस्था बोल्यो । बुढेस कालको त्यो शरिर खुट्टाले जिनतिन धानेर उभ्याएको थ्यो । " सर , चिया खाउँ न ।" बिशालको अामाले चिया हातमा लिँदै अाग्रह गरिन् । चिया लिएर खाटमा के बसेको थियो । हात खुट्टा गले । उ पहाडबाट झरेको जस्तो भो । अाँखा रसाए । त्यो फोटो उसको जवानी बेलाको अाफ्नी अामाको थियो । उ निशब्द भयो । चिया छोडेर जुरुक्क उठ्यो र फटाफट घर फर्क्यो ।

See More

No comments:

Post a Comment