लघुकथा - "खिसिटिउरी
बालकृष्ण गजुरेल
लेख्ने कलमको काम , कलम चलाउने मेरो काम । समयानुकुल कबिता , गजल , लघुकथा लगायत रचना कोरिरहन्छु ।
...२०६२ सालको अान्दोलनमा ब्यंग्य रचनाले डाम्ने हामी थियौँ । जन भावना उजागर गरि उर्जा थप्ने जम्मा चार जना थियौँ गोपी कृष्ण हल अगाडि । अरु , तास खेलेर म नेकपा एमाले , म कांग्रेस , म जनमोर्चाको नेता भन्दै थिए । फोनबाट हाल बताउँदै थिए । पछि अान्दोलनले उग्र रुप लिएपछि दंगा मच्चाउन निस्केका थिए नेता नामका पात्रहरु । तासको खाल छोडेर । अवजस उनिहरुले लिए ।
परिवर्तन कलमले गर्छ नेताले होइन भन्ने त्यही बेला लागेको थियो । नेता त फाइदा लिने सजिव जीव हो । जीवित छ भन्नलाई अरुले चलायमान गर्नुपर्छ । म अाफ्ना राजनितीमा लागेका साथीहरुलाई फुल जस्तै मन पराउँथेँ । भगवान जस्तै मान्दथेँ । उनिहरुले निचा देखाउन छोडेनन् । गजल लेख्यो त्यस्तै । कथा लेख्यो त्यस्तै । रचनात्मक सहयोग पो गर्ने हो । जानकारी छ भने सघाउने हो । समाजिक सञ्जालमा खिसिटिउरी गर्ने होइन । इज्जत लिलाम गर्ने होइन । गल्ति हुन्छ तर सुझाव दिने हो ।
No comments:
Post a Comment