Sunday, 7 April 2019


लघुकथा - ताली
बालकृष्ण गजुरेल

रमिता सुनार नामै अर्थपुर्ण छ । दलित कोटामा पि एच डी गर्ने महिला । जिल्लाकै अभियनता । सबै महिलाहरुको भरोसा ।

...

उनी भाव बिह्वल भइन । जब सानो थिइन पढ्न पर्छ भनेर उनको बाबाले मात्र भन्दथे । अामा घरको काम गरेमा खुशि हुने । दुःखका पहाड थिए उनको जीवनमा । मृत्युलाई जीत्नु थियो प्रत्येक पटक । कहाँ सहज थियो जीउन । झन् दलित महिलाले पढ्न ।

कक्षा चार सम्म उनी चानचुने विद्यार्थी थिइन् । बार्षिक उत्सबमा उनले हाजिर जवाफमा भाग लिन पाइन् । उनको समूह द्वितीय भयो । सबै उपस्थिती भिडले ताली बजायो । त्यो तालीले उनलाई प्रोत्साहन थप्यो । त्यसपछि उनले कहिल्यै पछि मोडेर देखिनन् ।

मञ्चमा राष्ट्रपति , बुध्दिजिवि, कुटनिती नियोगका अधिकारिहरु र मन्त्रीहरु । उद्घोषिकाले नाम बोलाउँछिन् "गोरखा दक्षिण बाहु पदक लिन अाउँदै हुनुहुन्छ डा. रमिता सुनार । हलमा जोडदार तालिले स्वागत हुन्छ । उनी बिगत सम्झेर सुकसुकाउँछिन् ।

See More

No comments:

Post a Comment