लघुकथा-अाफन्त
बालकृष्ण गजुरेल
रामेश सिकिस्तै छ । हल न चल भएर लडिरहेको छ । शायद, त्यो सुताइ चिर निन्द्रामा परिणत हुन सक्छ । सहयोगी चिन्ने बेला पनि त्यहि हो । सकेको सहयोग गरिरहेकै थियो । सक्दा उ अाफैँ काफी थियो । पूरा गाउँकै सहयोगी थियो । बिहेमा , भोजमा , पुजामा र रमाइला अवसरमा दुश्मन पनि सरिक हुन्छन् । ताली बजाउँछन् । मनमा कटुता भए पनि कामना ब्यक्त गर्दछन् ।
...धेरै महिना देखि थलिएकोले रामेश , शिथिल छ । घरमा बाअामा बुढा छन् । दिदिबहिनी पराइको घरमा । खुवाउनलाई पनि उठाउनु पर्छ । छिमेकीको नाताले हर्केले रामेशलाई अस्पताल लग्यो । रामेशका नातेदार कोही पनि अाएनन् । हर्केको फोन मुस्किलले उठाए पनि समय नभएको भाव प्रकट गरे। भोज र पार्टीमा संलग्न भएको फोटो सामाजिक सञ्जालमा हालि रहेका थिए। नेता सँग कार्यक्रममा संलग्न फोटो पोष्टाइ रहेका थिए। छिमेकीका अाफन्त उसले चिनेको छ । ठूला-ठूला पदमा छन् । शहरमा ठूला-ठूला घर छ । मन्त्रि सँग फोटो शेसन गर्छन् । उनिहरुकै वाकपत्र जसरि देश बिकास र पार्टीका सिध्दान्त , सामाजिक सञ्जालमा पोखिरहेका हुन्छन् ।
पैसाले पुरिएका ती गरिब लाग्यो उसलाई । अाफ्नो पन नभएका अाफन्त , नामको मात्र अाफन्त तर पत्थर लाग्यो । जड वस्तु; रोबोट लगायतका खेलौनाले मानव संवेदना प्रकट गर्न थाले । यस युगको मानब बरु जड लाग्यो । ढुंगा जस्तै जड । जसमा मानव संवेदना हुँदैन । चिल्ला सवारी साधनले चलायमान भएका सजिबहरु ।
No comments:
Post a Comment