Sunday, 7 April 2019


लघु कथा -चार सर्को
बालकृष्ण गजुरेल

चमेली सम्भ्रान्त परिवारको युवती हुन् । बाबू मन्त्रालयको अधिकृत र अामा एन जि अो को डाइरेक्टर । अाफ्नो छोरीका हरेक चाहना पुर्ति गरेका छन् उनका बा अामाले । चमेली खुशिमा बढेर हो कि देख्दै खाइलाग्दी । सुन्दर चेहरा , बारुली कम्मर , ठुला-ठूला अाँखा अादी इत्यादि । बयान गरेर साध्य छैन । कमर्सियल मोडल फ्लप हुन्छन् उनको अगाडि । उनका फ्यान कति कति । चाहने युवक कति कति । १७ बर्षमै स्नातक तेस्रो बर्षमा अध्यन गर्थिन् । पढाइमा तेस्तै अब्बल ।

...

अरु जस्तै उनी पनि सोसल साइडबाट अछुत हुन सकिनन् । फेसबुक खोलिन् । नयाँ फ्राइण्ड रिक्वेष्ट अाएको रहेछ । तस्बिर हेरिन् , ह्यण्सम लाग्यो । फ्राइण्ड एसेप्ट गरिन् । एसेप्ट गर्ने बित्तिकै च्याट शुरु....।
- "सञ्चै हो?"
- " सञ्चै छु ।"
- " कति राम्री हो परि जस्ति ।"
- "धन्यवाद ! हजुर पनि सुन्दर हुनुहुन्छ ।"
- "कसम ! हाम्री अामाले यस्तो बुहारी पाउँदा भाग्यमानी हुन्छिन् ।"
- " अति नभन न । भेट्न पाएको छैन , एकै पटक बुहारीको कुरा । अाउट अफ कन्टेक्स । "
- " ठिकै छ त बुहारी नभनौला । भेट्दैमा के जान्छ र? अाज शिव रात्री के छ योजना ? पशुपति जानी हो ? "
- " खोइ? ड्याडी ममिले गाली गर्नु हुन्छ ।"
- " मन्दिर जाँदा किन गाली गर्नु नि? "

शुरुमा शुन्तलीले मानिन । १७ बर्षको युवती त्यसमाथी बिपरित लिंगीको अाकर्षण । कौतुहलता बढ्यो । भेट्ने रहर बढ्यो । पशुपति जान बा अामाको अनुमति लिएर घरबाट हिँडिन् । चाबहिलमा भेट्ने योजना अनुसार गाडी चढेर चावहिल झरिन् । पिपल बोट मुनि उभिरहिन् । "हेलो सुन्तु ! फेसबुकमा भन्दा वास्तविक सुन्दर रहिछौ । म राम । " उक्त युवक बोल्यो । "धेरै मख्ख नपार । मख्खन धेरै नलगाउ क्या । तिमी पनि ह्याण्सम छौ ।" सुन्तलिले भनिन् । बोलिचाली शुरु.....। एक अापसमा हात मिलाए । " पशुपति नाथको दर्शन गर्न सकिँदैन । बरु यो बाटो पूरा घुमेर गुह्येश्वरी निस्कम् ।" रामले अनुरोध चडायो । " हुन्छ -हुन्छ । " सुन्तलीले टाउको हल्लाउँदै अनुरोध स्विकारिन् ।

चाबहिलबाट अोरालो झरेर अार्यघाट पुगे । अार्यघाट बाट बाग्मतीको किनार हुँदै भिड छलेर पशुपति नाथ मन्दिरको ठिक पारि पट्टि पुगे । हिँड्दा - हिँड्दा थकाइ लागेकोले सुन्तलीले अनुरोध गरिन् - "एक छिन बसम् न! धेरै हिँडियो । कस्तो खुट्टा दुख्यो के ।" रामले बस्ने ठाउँ देखाउँदै भन्यो- "उ त्यहाँ बस्ने ठाउँ रहेछ त्यहाँ बसम् ।" केही सिँडी चढेर दुबै जना बसे । दुबैले एक अर्काको तारिफ गरे । गफ चल्दै गयो .....। वरिपरि सबै शिवरात्रीको प्रसाद भन्दै गाँजा तानिरहेका । "हेर न! अाज गाँजा तान्नु पर्छ रे ! शिवको प्रसाद रे ! भगवान शिवलाई खुशी पार्न अाजको दिन गाँजा खायो भने शिव खुशी भएर मनले चाहेको वर दिन्छन् रे ।" रामले फकाउन थाल्यो । " ह्या ! नचाहिने कुरा ।" सुन्तली बम्किन् । धेरै पटक अनुरोध पछी ....... उनले अाग्रह मानिन् । रामले गाँजा ल्यायो । उसले पहिला चार सर्को तान्यो । त्यसपछि सुन्तलीलाई दियो । उनले चार सर्को तानीन् । सुन्तलीलाइ घुमाउन थाल्यो । त्यस पछि थाहा भएन ।

निन्द्रा खोल्दा अाफुलाइ होटलको बेडमा एक्लै पाइन् । सबै कपडा खोलिएकि .....निर्बस्त्र । एकछिन त सपना जस्तो लाग्यो । अाफ्नै तिघ्रामा चिमोटिन् । विपना नै भन्ने भो । पसिना नै पसिना भइन् । धेरै बेर रोइन् । उनका अंग प्रत्यंग पहिलाको जस्ता थिएनन् । लुगा तानेर लगाइन् । लौ ! अाइफोन् गायब । झन् पिर थपियो ।

See More

No comments:

Post a Comment