Sunday, 7 April 2019


लघुकथा ः संयोग
बालकृष्ण गजुरेल

‘योग जाने होइन ?’ मैले बा आमालाई सोधेँ ।
बा आमाले सल्लाह दिनु भो ः ‘जितु योगीले मनोबृत्ति दर्शन लिनु भाको छ रे ! त्यतै जाउँ ।’ ...
‘के कस्तो हो ढोंगी पो हो कि ?’ मैले प्रश्न गरेँ ।
बाले बताउनु भो ः ‘उसको नाम जितु हो । हार्न जानेको छैन जीवनमा । हरेक कार्यमा जितेकै छ । जस्तो नाम भाग्य उस्तै । सिमित भाग्यमानीले मात्र यस्ता अवसर प्राप्त गर्दछ्न । गाउँभरि ईर्ष्या गर्ने मान्छेको कमि पनि छैन ।’
मैले बाबालाई भनेँ ः ‘हो र ? मलाई त पत्यार लाग्दैन ।’
बाबाले आदर्श छाँट्नु भयो ः ’समयभन्दा अघि र भाग्य भन्दा बलियो कोहि पनि हुन सक्दैन । केही मान्छे इश्वरिय वरदान प्राप्त हुन्छन् जसलाई महापुरुष भनिन्छ । जसको कारण युग बदलिन्छ । गौतम बुध्दको कारण विश्व अहिंसा र शान्तिको कुरो संसार चलेको छ ।
बन्द भो । पञ्चशिल लागू भो । अर्को महा मानव विल गेट्स । जसको कारण विस्वले २१ औँ शताब्दि पायो । एक ब्यक्तिको कारण विस्वले कम्प्युटर युग पायो । एकै ब्यक्तिले विश्व बदल्छ ।’
‘समयले बताउँछ बाबा’ मैले भनेँ ।
बाबा भन्दै हुनुहुन्थ्यो ः ‘जितु ध्यानी र योगी छ । योग गर्ने तथा तपस्या गरेर मनलाई अधिनमा राख्ने योगी हुन् । उसको बिचारमा विश्व अडिएको छ । रुढिवादी भन्दा भिन्न छ । उ दोषि आफु र आफ्नो मनलाई मान्छ । मन अधिनमा राखे महा पुरुष बन्न सक्छ भन्ने उसको निश्चय । उसको दर्शनमा सबै धर्मको निचोड छ । केही निश्चित समुहले साम्प्रदायिक रुपमा फाइदा लिन धर्मलाई हतियार बनाउँछन् । धर्म साम्प्रदायिक बनिरहेको बेलामा उसको दर्शन मनोबृती संयोग बनेको छ विस्वमा ।’
त्यसैबेला ठूल्दाइ हाम्रो घरमा आउनु भयो र भन्नु भयो ः ‘थाहा पाउनु भयो, जितु योगी त साइँलीलाई टिपेर भागेछ नि’

See More

No comments:

Post a Comment