लघुकथा ः परिचय
बालकृष्ण गजुरेल
रामेशले मास्टर सक्यो । उसलाई फ्रेस लेक साइडको रिसोर्टमा रुम लियो । लेक साइड पैदल यात्रामा निस्क्यो ।
उसले यताउता नजर दौडायो । फेवामा माच्छापुच्छ्रे देख्न सकिने । अति रमणिय । बयान गरेर साध्य छैन । उसले फेवाको किनारको बाटो लियो । हिँड्दै जाँदा एउटा युवतिसँग आँखा जुध्यो । कसिलो ज्यान, पुष्ट नितम्बा, बारुली कम्मर , हँसिलो अनुहार । ठाडो शिर आदी इत्यादी । ...
“सुन्नुस् न ! हजुर एक्लै हो ?’ उसले रामेश तिर इशारा गरि ।
“हजुर, एक्लै छु ।“ रामेशको जवाफ ।
“दुबै जना सँगै घुमौन ! हुन्न र !“ युवतीको आग्रह ।
“हुन्छ नि ! बरु नाम के पर्यो हजुरको ?“ रामेशले जान्ने चेष्टा गर्यो ।
“लजावती“ युवतिले जवाफ दिइन् ।
सुन्दर युवती भगवानले जुराएका जस्तो भो रामेशलाई । घुम्दा घुम्दै दुबैजना नजिकिए । भब्य बंगलामा एकल युवती । लजावतिले खाना पकाइ । दुबैले खाए । लजावतिले नाइट ड्रेस लगाएर आइन् । बत्ति निभ्यो । एउटै ओछ्यान । दोस्रो दिन पनि त्यसै गरि दोहोरियो । तेस्रो दिन रामेशलाई गाडीमा राखेर एयर्पोर्टसम्म लज्जावतिले छाडिन् । रामेश काठमाण्डौ फर्क्यो ।
एक महिना पछि लज्जावतिको मोबाइलमा सम्पर्क हुन सकेन । रामेश आत्तियो । आँखाभरि आँशु आँशु भो । उ हाल खबर बुझ्न पोखरा लाग्यो । घर बन्द थियो । छिमेकलाई सोध्दा अमेरिका गएकि छिन् भन्ने खवर पायो ।
लज्जावति बिवाहित र सम्पन्नशाली परिवारकि थिइन् । श्रीमानको व्यापार थियो । सन्तान थिएनन् ।
दुई बर्षपछि न्युरोडमा एक्कासी पछिबाट आवाज आयो ः “सुन्नुस् त !“ उ पछाडी फर्क्यो ।
‘उहाँ मेरो श्रीमान । उ मेरो साथी रामेश ।’ उनले सँगै रहेको पुरुषसँग परिचय गराइन् ।
लज्जावतीले रामेशलाई भनिन् ः ‘बुझ्नु भो, यो हाम्रो छोरो हो नि । मैले त परिचय गराउन झण्डै बिर्सेकी ।’
No comments:
Post a Comment