लघुकथा-अचम्म
बालकृष्ण गजुरेल
रामेशले मास्टर सक्यो । पढाइको चिन्ता पछि उसलाई फ्रेस हुन मन लाग्यो । फ्रेस हुन कता जाने ? एकछिन वाक्कबक्क पर्यो । एकछिन घोरिएपछि .... पोखरा जाने निर्णय बनायो । शुक्रबार बुध्द एयरमा पोखरा लाग्यो । लेक साइडको रिसोर्टमा रुम लियो । उसलाई घुम्न मन लाग्यो । लेक साइड पैदलले घुम्ने निश्चय गर्यो । पैदल यात्रामा निस्क्यो । विदेशी पर्यटक र स्वदेशी पर्यटकले भरि भराउ पोखरा स्वर्ग भन्दा कम छैन । धर्तिको स्वर्ग त्यसै भनिएको हो र? लेक साइड सबै भरि भराउ थ्यो ।
...उसले यताउता नजर दौडायो । सुन्दरताको खानी । फेवामा माच्छापुच्छ्रे देख्न सकिने । अति रमणिय । बयान गरेर साध्य छैन। उसले फेवाको किनारको बाटो लियो । हिँड्दै जाँदा एउटा युवतिसँग अाँखा जुध्यो । देख्दा ५ फिट ३ इन्चको उचाइ । कसिलो ज्यान , पुष्ट नितम्बा , बारुली कम्मर , हँसिलो अनुहार । ठाडो शिर अादी इत्यादी । भनेर साध्यै छैन । अति सुन्दर युवती । " सुन्नुस् न ! हजुर एक्लै हो ? उसले रामेश तिर इशारा गरि । " हजुर , एक्लै छु ।" रामेशको जवाफ । "दुबै जना सँगै घुमौन ! हुन्न र! " युवतीको अाग्रह । " हुन्छ नि ! बरु नाम के पर्यो हजुरको ? " रामेशले जान्ने चृष्टा गर्यो । " लजावती" युवतिले जवाफ दिइन् ।
सुन्दर युवती भगवानले जुराएका जस्तो भो रामेशलाई । घुम्दा घुम्दै दुबैजना नजिकिए । यति नजिकिए कि जोडी जस्तै बने ।लजावतिले अाफ्नो घर जान अाग्रह गरिन् । शुरुमा नमानेपनि पछि मान्न पर्ने भो रामेशलाई । भब्य बंगलामा एकल युवती । लजावतिले खाना पकाइ । रामेशले टि भि हेर्यो । " सुन्नु न खाना पाक्यो, खाना खानलाई हात धुनस् न ! " लजावतिले खाना खान अाग्रह गरिन् ।दुबैले खाना खाए । लजावतिले अाधा तिघ्रा सम्म ढाक्ने नाइट ड्रेस लगाएर अाइन्
। रामेश पनि सिधा , पढेको , गहुँ गोरो , देख्नमा सुन्दर थियो । बत्ति निभ्यो । एउटै बेड एउटै अोछ्यान । सबै सम्बन्ध भयो । एक अर्काले अाफ्नो मानेर शारिरिक सम्बन्ध राखे । दोस्रो दिन पनि त्यसै गरि दोहोरियो ।
तेस्रो दिन रामेशलाई गाडीमा राखेर एयर्पोर्ट सम्म लज्जावतिले छाडिन् । रामेश बुध्द एयरमा काठमाण्डौ फर्क्यो । एक महिना पछि लज्जावतिको मोबाइलमा सम्पर्क हुन सकेन । रामेश अात्तियो । अाँखाभरि अाँशु अाँशु भो । उ हाल खबर बुझ्न पोखरा लाग्यो । घर बन्द थियो । छिमेकलाई सोध्दा अमेरिका गएकि छिन् भन्ने खवर पायो ।
लज्जावति बिवाहित थिइन् । उनी सम्पन्न शाली परिवारकि थिइन् । श्रीमानको व्यापार थियो । दुबैको सन्तान थिएन । बिबाहको छैठौँ बर्ष हुँदा पनि बच्चा नभएपछि अस्थिर जिन्दगीको चिन्ताले सताएको थियो । लज्जावति गर्भिणि भइन् । घरमा खुशिले छायो । दुई बर्ष पछि न्युरोडमा एक्कासी पछिबाट अावाज अायो - " सुन्नुस् त !" उ पछाडी फर्क्यो । हातमा छोरो थियो । काटी कुटी रामेशको अनुहार । लज्जावतिले चिनाउँदै भनिन् उहाँ मेरो श्रीमान । उ मेरो साथी रामेश । रामेश अचम्म भो । अक्क न बब्क भो ।
No comments:
Post a Comment