गजल
डुङ्गा डुबेसी माझी भेटिन्न पहिल्यै खोजम ;
डुब्ने डुबाउने अवस्था भिन्न पहिल्यै खोजम ।१।
यहाँ सरकार छैन यो चाहिँ पक्का हो बुझ्नुहोस्;
जता ततै नै जनता खिन्न पहिल्यै खोजम ।२।
जस्तो घोषणा पत्र छापियो उस्तै गरेन भने ;
हुन्छ त्यो पार्टी छिन्न र बिन्न पहिल्यै खोजम ।३।
अब कसको बिस्वास गर्ने र ! बिस्वास गुमेसी;
कार्य कर्ता भन्लान् भोट दिन्न पहिल्यै खोजम ।४।
No comments:
Post a Comment