Sunday 7 April 2019


लघुकथा-सिण्डिकेट
बालकृष्ण गजुरेल

रामेश हतारले ओरालो झर्दै थियो । किताब पसलमा पत्रीका लिनेको घुइँचो थियो । बिनोद र सुन्तली लघुकथाको पाठक थिए । " सन्चै हो सुन्तु बहिनी र बिनोद भाइ ? " उसले हाल खबर सोध्ने चेष्टा गर्यो ।
" कठै ! रामेश दाइले पठाएको कथा छापिएनछ ? " सुन्तलीले पुस्तक सबै हेरेपछी चिन्ता जाहेर गरि । यो जाहेज पनि हो ।

...

रामेश पढाइ सक्दा नसक्दै साहित्यकार बन्यो । साहित्यको बिद्यार्थी । साहित्य प्रति सम्मान उसको । साहित्य परिवर्तनको हतियार पनि हो ।

"कस्तो कथा हो नबुझ्ने शब्दजाल मात्र?? आफुले मात्र बुझ्ने शब्दको के अर्थ? साहित्य भनेको पाठकले पनि पढ्नुपर्छ ।" बिनोदले पाठकको पिडा सुनायो।

सुन्तली र बिनोदले गर्दा रामेश सोच्न वाध्य भयो । नभन्दै त्यस्तै थिए ।

रामेश सम्झन्छ ती लेखकहरु । कहिले काहीँ अर्थ न बर्थका कथा लेख्छन् । छापिन्छ तिनका कथाहरु । कबिता त्यस्तै । मिडिया पनि त्यस्तै छन् । केही सिमित मान्छेकै सेरोफेरोमा बग्छन्। कतिका अपहेलना र चिन्ताले लेख हराउँछ । कथा हराउँछ , कबिता र गीत हराउँछ । चिन्ताहरु प्रश्न गर्छ्न -" ती सिण्डिकेट होइन र ? सिमित मान्छेकै पकडमा रहने । प्रतिभालाई अवसर खोइ?"

See More

No comments:

Post a Comment