Sunday 5 February 2017

बिद्वान र बिध्दता सर्बोपर्य हुदो रहेछ । एऊटा लेखकको जस्तो मात्रै लेख लेख्ने एऊटा स्थापित हुन नसकेको लेखक म जस्तोको लागी बिश्व हिन्दु सम्मेलनमा भाग लिन पाऊनु सौभाग्य थियो । आयोजक राष्ट्र र सरकारकै अगाडी नेपाली एक बिद्वान तथा गुरूले आफ्नो साहित्य र कलाले यसरि प्रहार गरेकी नरेन्द्र मोदी थुक निल्नै सकेनन् । शुष्मा स्वराजको पसिना आयो ।

आफु बिश्वको एक हिन्दुहरूको संस्थागत राष्ट्र रहेको र भगवान रामको जन्मभूमी तपोभूमी र भगवानहरूले बास गरेको देश भनि रहेका भारतिय प्रधानमन्त्री र बिदेश मन्त्री शुष्मा स्वराजको अगाडी नेपालको परिचय दिदै ऊक्त बिद्वानले यसरी प्रहार गरे -

हिन्दुहरूको मेन शास्त्र बेद हो र बेद बिग्यान पनि हो । यो बिदेशीले चोरेर प्रयोगात्मक रूपमा सिध्द पनि छ । बेदमा कर्मको आधारमा मानबहरूको आस्था र बनावटको आधारमा जातियताको कुरा गरिएको छ । रामायण, महाभारत हरिबंश पुराण जस्ता धार्मीक ग्रन्थहरू ऊपन्यास जस्तै लेखोट हुन् जहा कुनै जात र ब्यक्ति बिशेष कुरा गर्नु सामान्य छ । कुनै राजाले पेशा र स्तरको आधारमा जातीय अखडा ल्याएको जिकिर गर्दै यसरी भने -

नेपाल सानो छ तर बिश्वको गुरू छ । सत्य युगका रिषी मुनीहरूले तपस्या नेपालमा नै गर्दथे । राम कृष्ण तथा भगवानको अवतारहरूको कुरा भारतलाई ठहराए पनि गुरू नेपालकै थिए । ति बिलासी राजा र महाराजहरूलाई सम्झाऊने गुरू तथा रिषी नेपालकै हुन् । शरिर चलाऊने मष्तिक नेपाल नै हो । भारतमा आदर्श फैलाऊने नारी सीता नेपालकी हुन् । बिश्वमा शान्ती फैलाऊने बौध्द धर्मका भगवान बुध्द नेपालकै हुन् । राजा दशोरथ रामका गुरू नेपाली नै हुन् । भगवान बिष्णु तथा श्रीकृष्णका गुरू तथा रिषी नेपाली नै हुन् । सानो राज् जितेर ठूलो भारत बनाऊने सिकन्दर तथा अशोकका गुरू नेपाली हुन् । बिश्वको खतरनाक रोगको औषधी तथा जडिबुटीको गुरू नेपाल मै छ । नेपालीको आफ्नै शान छ तथा मान छ ।

भारतमा भ एको अंग्रेज भगाऊ आन्दोलनका प्रमुख महात्मा गान्धीको गुरू नेपाली नै थिए । भारत स्वतन्त्र गराऊने नेपाली नै हुन् । दोश्रो बिश्व युध्दमा जर्मनी हराऊने महान् ब्यक्तिहरू नेपाली नै थिए । हिन्दु धर्मको स्थापना नेपालबाटै भ एको हो । गुरूले नै आचारण , नैतिकता तथा धर्म सिकाएर राम जस्तो ऊदार तथा महा पुरूष स्थापित गरेका हुन् । नेपाली शेना भारतमा छ र त भारत ढुक्क छ । एऊटा गुरूलाई भारतले अपमान गर्यो जसको कारण भारतमा नैतिकता आचारण र धर्म हरायो । हतियारधारी र पैसाको आधारमा ब्यक्तित्वको तुलना हुन सक्दैन ।

अरू धर्म र ब्यक्तिलाई सम्पत्ति र हतियारको भरमा दबाऊने बिश्वकै लज्जित ब्यक्तित्व हो । आतंक र अपराधको खोल ओढेर जातिय र धार्मीक युध्द ऊचालेर धर्मको ऊचारण गर्नु गलत हुन्छ । त्यस्तो ब्यक्तित्वबाट हिन्दु धर्मको ब्याख्या गर्नु गलत भन्दा मोदी पसिना पसिना भ ए। मोदीलाई एऊटा अपराधीको रूपमा चित्रण गर्दै मोदीको मुख बाट हिन्दुधर्म जस्तो स्वच्छताको ऊच्चारण गर्दा हिन्दु धर्मकै बेईज्जत गराएको भनि रहदा नरेन्द्र मोदीको पसिना न आयोस् पनि कसरि ?

जहा गुरूको अपमान हुन्छ त्यहा बिनाशको संकेत हुन्छ । भलै ऊ रूपमा अगाडी होस् आर्थीक सम्पन्नताले अगाडी होस् हतियारले सु सज्जीत होस् र आफुलाई बिश्वमा अग्रसर ठानोस् तर नैतिकता र आचरण गुमाएपछी ऊ आफै नाश भ एर जाने भनेर भारतकै राष्ट्रियता र अस्तित्व माथी धावा बोले । घमण्ड पतनको संकेत दिदै भारतले नेपालमाथी गरेको अपमानजनक कार्यले भारत देशै पतन हून्छ भनेर प्रष्ट्याए।

त्यहा केही लेन्डुपहरू , राजाका टिकेहरू र राष्ट्रियताको नारा बनाएर सत्तामा चढ्ने ढुलमुले ब्यक्तिहरू थिए । ति सबैलाई दह्रो प्रहार गर्दै नेपालको गौरवतालाई धेरै ऊठाए । माथिल्लो स्तरका सल्लाहाकार , बिष्लेषक र पत्रकारहरूको ध्यान खिचे । एक घण्टा जति त ति बिद्वान नै भारतको प्रधानमन्त्रि जस्तो प्रतित हुन्थ्यो । नरेन्द्र मोदी र शुष्मा स्वराजलाई छोडेर बिश्वका सबै ब्यक्तित्वहरू ऊनी प्रति केन्द्रित र बिचार पोखिरहेका थिए । सबै ऊनले ऊठाएको बिषयवस्तु यहा ऊल्लेख गर्न नसके पनि एऊटा नेपाली बिद्वान बिध्दता माथी न्याय गर्नु मेरो एऊटा कर्तब्य हो ।

धेरै पढेर मात्र बिद्वान हुने होइन रहेछ । नेपालको बाबूराम भट्टराई र सिके राऊतलाई बिग्य र बिद्वान ठान्नेहरू हामीले बिद्वान् ठान्ने हामी मुर्ख रहेछौ ।

बिद्वान ति थिए जसले भारतकै निमन्त्रणामा भारतै प्रधानमन्त्रि र मन्त्रिहरूको अगाडी नंगाएका थिए । आफ्नो कला ग्यान र बिद्वताले चलाखी पुर्ण आफु, आफ्नो, आफ्नो घर, समुदाय, देश, भेषभुषा, धर्म, नैतिकता, आचारण र देशकै सर्बश्रेष्ठतालाई जोगाएर बिपछ्यलाई आछ्यु आछ्यु पारीरहेका थिए । लाग्दथ्यो दुष्मनको मुटु हल्लिएको थियो ।

प्रभुको गोडा मोल्ने र पद पैसाको लागी लेन्डुप बन्ने केही आफुलाई बिद्वान ठान्नेहरूको भिडबाट आफुलाई स्थापित gare


No comments:

Post a Comment