Sunday 5 February 2017

चरित्र हत्या

भोजपुरका धनाड्य ब्यापारीका माईली छोरी सुन्दरी शर्मा आफैमा एउटा सम्पुर्ण नाम हो । २०३८ सालमा एस.एल.सी. सकेर शिक्षक पेसामा लागेका र पछि पेशाबाट अवक...ाशप्राप्त उनका पिताले आफुलाई अब्बल ब्यापारीमा स्थापित गराएका थिए ।
व्यपारीले आफ्नो बाल बच्चालाई मत्याएर पालेका हुनाले । न त कहिल्यै आफ्ना बच्चालाई हप्काउंथे न त कसैले आफ्नो बाल-बच्चालाई हप्काएकै मन पराउँथे । पैसा कमाएपछी यि अलिकति शन्का प्रबृतिको भएका थिए । सुन्दरी शर्माको हसिलो स्वभाबले जो कसैलाई पनि मोहित पार्थ्यो र युवाहरू क्षणभरमै घुलमिल हुन्थे । बच्चा देखी सानो सिन्को पनि नभाँचीकन पढेकी यिनले माध्यामिक तह देखी स्नातक तहसम्म गाउमै बसेर पढेकी थिईन् ।

सानैदेखी घरमा नबसिकन पढेकी हुनाले सोझा बाउ आमालाई माईली छोरीको बारेमा जानकारी थिएन । दिनमा दुई पटक सम्म फोन गरेकाले उनका बाबू आमालाई आफ्नो छोरी ईमान्दार भन्ने नै लाग्थ्यो । उनी काठमाण्डौ उच्च शिक्षा हाँसिल गर्न आईन् । हरेक चोटी बाबाले पठाएको पैसाको हिसाब दिनु पर्ने भएकोले उनलाई जागिर खाने बिचार जाग्यो । अरब पठाउने म्यानपावरमा जागीर पनि मिल्यो । जवानीले काउकुति लगाएपछी उनलाई छटपटी बढायो । म्यानपावरमा धेरै दलालहरू हुन्थे । दलाल आफैमा बेइमानी र छक्कापञ्जा गर्ने एक जमात हो । यिनीहरू सत्यतामा कहिल्यै पनि हिड्दैनन् ।
स्नाकोत्तर पढ्न आएकी सुन्दरीलाई पैसाको नशा बस्यो । मेनपावरमा तलबको साथै कमिसन पनि बढेसी यिनको फुर्ति बढ्दै गयो । आफैले पैसा कमाएपछी जस्तो लुगा लगाउन र खान पनि पुग्ने । शहरको बिकास संगै उनको पहिरन पनि बदलियो । बिस्तारै कुर्था सुरूवाल छोडेर टाइटवाला फिटीङ् कपडा लगाउन थालिन् । सानै देखी परिवारबाट टाढा रहनाले गर्दा उत्ताउली थिईन् । त्यसमाथी ऊम्लदै गएको जवानीको प्रभावले गर्दा केटा साथिहरू बनाउने यो कुनै अचम्म थिएन । हातमा पैसा टन्नै भएपछी केटा साथीहरूसङ्ग बेला-बेलामा घुम्न जान्थिन् । हसिलो स्वभाबकी धनि सुन्दरी शर्मासंग प्राय सबै युवाहरू प्रभावित हुन्थे । युवतिले हासेर मौका दिएपछी उनका केटासाथीहरू यौवनको फाइदा लिन बिस्तार हात हालेरै चल्दथे । जवानीको काउकुती लागेको सुन्दरी शर्मा पनि मोहित हुन्थिन् । साँझसम्म अंगहरू सलमलाएपछी उनी आफ्नो कामुकता कामुमा राख्न सक्दिन थिईन् । उनको केटा साथीलाई शरिर पुर्ण सुम्पेर यौवनमा हराउथिन् । उनिसंग अरू केटी साथीहरू र तिनका केटा साथीहरू भएपछी उनलाई सहज बनेको थियो । धेरै जना अरू केटी साथी भएपछी अरूले शंका गर्ने ठाउं पनि रहदैनथ्यो । आफन्तलाई के थाहा र ? यसै गरी उनको दिनचर्या चल्दै गयो । धेरै पटक धेरै जनासंग प्रेम सम्बन्ध गासियो र यौन सम्बन्ध सम्म पुगेर अन्त्य भयो ।
मेनपावरमा धेरै खालका दलाल थिए । सुन्दरी शर्मा देखेशी मोहित हुन्थे । यि आफैमा बेईमानीको धन्दा गरेर बिदेश जानेसंग ठगेर खाने प्रबृती भएका ब्यक्तिहरूलाई बिलासी जीवन र सुन्दरीहरू नशा नै हो । त्यसमाथी सुन्दरी शर्माको जवानी देखेसी नजीस्काउने कुरै भएन । पहिला भन्दा सुन्दरी शर्मालाई सहज पनि भएको थियो । त्यसमाथी महंगा रेष्टुरेन्ट र क्याफेमा खाना खुवाऊने र घुमाऊने भएपछी दलालहरूको झुटो प्रेममा नराम्ररी फसेकि थिइन् । दलालहरूले जति पनि पैसा खर्च गर्दथे । सुन्दरी शर्माले पैसाको मोहको कारण स्नाकोत् र तह अध्यन गर्न सकिनन् । वास्तविकता जस्तो भएपनि रूमको खर्च आफैले टार्ने र भाई बहिनीलाई रेखदेख गर्ने भएपछी जो कसैले पनि ब्यवाहारिक सोच्छन् । झन् उनका माता पिताले नसोच्ने कुरै आएन । भाई बहिनीलाई पनि दिदी अफिस जानुहुन्छ र बेलुका आऊनुहुन्छ र रेखदेख गर्नुहुन्छ भनेसी कुनै चिन्ता थिएन ।
आफ्नो तहका साथीहरू सबै बिबाहित भएपछि छब्बीस बर्षको उमेरमा बिबाह गर्ने भोक सुन्दरी शर्मालाई चढ्यो । छिमेकी जिल्लामा बसोबास गर्ने हर्के संग उनको बिबाहको सम्बन्ध आफन्तद्वारा अघि सारियो । हर्के अति नै सोझो र पढेलेखेको थियो । दुबै जनाको एक आपसमा बिबाह भयो । पाँचथर आएर झापामा बस्दा उसको सम्पर्क भुटानी शरणार्थीहरू संग हुन पुग्यो । एउटा परिवारको एउटै स्तर र अर्को नेपाली स-भाषीको कारण उ अतिनै चिन्तित थियो । उता भारतियहरूले नेपाली नागरिकता लिएर नेपालीलाई दाष बनाएर अघि बढ्नु र यता नेपाली भाषा र् देश भेषभुषा स-भाषीय नेपालीहरूले एउटा नागरिकता सम्म नपाएर क्याम्पमा जीवन बिताउनु पर्ने बाध्यताले उ जस्तै अरू नेपालीहरूलाई पनि दुखित पार्दथ्यो । ईलाम,पाँचथर,भोजपुर र आसपासका नेपालीहरूको उब्जनी कम भएको कारण सन्तति पाल्न जागिरको सन्दर्भमा आफुलाई अनुकुल हुने ठाउ आसाम, भुटान र म्यान्मार सम्म गएर बसोबास गर्न थालेका थिए ।
पछी राजाले दु:ख दिन र मार्न थालेपछी उनिहरू आफ्नै माटो नेपालमा बसोबास गरि गुजारा टारि रहेका थिए । झापाका केही जमिनदार र सामन्ती प्रबृतिका ब्यक्तिहरूले बेला बेलामा दुख माथी दुख दिन्थे । सुन्दरी शर्माले पहिल्यै देखीको झ्याम्मिएको प्रेम सम्बन्धलाई कसि लगाउन सकिनन् । बिबाह पश्चात पनि साथी भनेर भित्र भित्रै आफ्नो सम्बन्ध चलाई राखेकी थिईन् । सुरु-सुरुमा हर्केलाई मतलब नै लागेन पछी भएपछी तिनीहरूको बेला न कुबेला आउने कल तथा सन्देशले चिन्तित तुल्यायो । श्रीमान निदाएपछी आधा रातमा उठेर सानो स्वरमा कुमारी शर्मा फोन गर्दथिन् । सधै एकनाशको कहाँ हुन्छ र कहिले काही हर्के न निदाएको बेलामा थाहा पाई हाल्थ्यो । श्रीमतीको वानी देखेर बिचरा ! हर्के आजित भयो र श्रीमतीलाई सुधार्न हप्काउन थाल्यो ।
केही बर्षहरू बिते । हर्केले हप्काउन थालेपछी मेरो शंका गर्न थालेको र जागिर पनि नखाएको भनेर गुनाशो सुन्दरी शर्माले भाई र बैनी मार्फत माईति सम्म पुर्याउथिन् । धेरै हैरान भएपछी हर्के श्रीमतिसंग सशंकित हुन पुग्यो । नहोस् पनि कसरि बेला न कुबेला प्रेम सम्बन्धको सन्देश र कलहरू आउथ्यो । न त सुन्दरी शर्मा कुनै मनाही र ईन्कार पनि गर्दिनथिन् । उल्टै डिभोर्स दिने धम्कि दिदै अर्काको घरमा चर्पि सोर्न नोकर जस्तो गर्थि । एक पटक अति भएपछि हर्केले साढुदाईलाई भन्दिएछ । साढु दाईले बेस्मारी हप्काए पनि । बिस्तारै सुन्दरी शर्माले नाजायज सम्बन्ध बारे ढाकचोप गर्न र आफ्नो परिवार सम्म पुग्न नदिन भाई र बैनीलाई पनी आफ्नो पछ्यमा मोडिन् । भाई र बैनीलाई आफुतिर मोडेर श्रीमानसंग झगडा गराउथिन् ।
एक दिनको कुरा हो । सुन्दरी शर्माको ठूली आमाको छोराको बिहाहको निम्तो आयो । दुबै जना बिबाहको निम्तो मान्न भोजपुरतित लागे । बिच बाटोबाट सालासाली पनि चढे । खाजा खाने बेला भएपछि सुन्दरी शर्मा पहिला नै ढोकाबाट झरि । भिनाजुको मलिन अनुहार देखेर उनिहरूले सोधे । "पागल भएको पागल" उसको शब्द गर्जियो । उसका बैनी भाई तिन छक परे र चुप लाग्न आग्रह गरे । बेलुका साझमा बिबाह स्थल पुगे । आफन्तको अगाडी आफ्नो पोल खोलिन्छ भनेर त्यता पनि सबैको अगाडी कृतिम पागल बनाईन् सुन्दरी शर्माले । ति आफन्त पनि कस्ता आफ्नी चेलिले सबैको अगाडी आफ्नै बेईज्जत गर्दैथिईन् । कसैले उनलाई हप्काएनन् । बिचरा ! हर्केलाई कृतिम पागल बनाईयो । जता पनि छोरीले दुख पाउने भै पागलसंग बिबाह भयो भनेको कुरा सुनेपछी हर्के मुर्छित भयो । बिबाह बाट सिधै काठमाडौँ आउन उसले आफ्नी श्रीमतीसंग अनुरोध गर्यो तर, सुन्दरी शर्माले सुनिनन् । किनकी उनलाई आफ्नो श्रीमानको चरित्र हत्याएपछी सबै कुरा सुन्छ भन्ने लाग्दथ्यो । दूलाही भित्राएपछी फेरी उहि कृतिम चर्चा गर्दै हिडिन् । बिहाह सकेपछी सुन्दरीको जोडी र जेठीको जोडी घर फर्के । बाटोमा हर्के अति नै चिन्तित भयो । नहोस् भयो पनि कसरी ? उसको श्रीमतीले इज्जत पुरै लिलाम गरिसकेकी थिइन् । पागल भनेको त्यस्तो अवस्था हो जहाँ मानवले सबै इज्जत गुमाईसकेको हुन्छ । सामाजीक रूपमा हर्केले भयंङ्कर शंत्राप खेप्यो । बाटोमा घर फर्कने क्रममा भिनाजुले दिदीको पुरै झोला बोकेका थिए तर हर्के चिन्ताले रूदै थियो” । अरूको त श्रीमान यति असल छन् झोला बोक्दिन्छन् । आफ्नो त भाग्य नै छैन श्रीमान पनि यस्ता परे” सुन्दरी शर्माले चुप लागीरहेको हर्केलाई सिधै ब्लाकमेल गरि । त्यत्तिकैमा काठमाण्डौ आइपुगे । रातपरेपछी दुबैजना सुन्दरीको भाईको रूममा सुते । रातको साढे दश बज्यो । सुन्दरी शर्मालाई बैनीले सोधिन् “दिदी भिनाजुलाई के भयो ? बिरामी पो छन् त” ! मर्योस् खाते ! सून्दरी शर्मा कड्किन् । संगैको छेऊमा रहेको हर्के रातभरी रोयो । यो समय बिचमा उ बेरोजगार भयो ।
भनेको जस्तो जागिर नपाएपछी इन्जिनियर पढेको हर्के अति नै दूखित भयो । उसले आफ्नो श्रीमती यस्ति र उस्ती भनेर कसैलाई पनि भनेन । श्रीमतीको बारेमा अरूसंग दूखेसो उसलाई गलत लाग्थ्यो । सुन्दरी शर्मा जागिर खान्थिन र पैसा कमाउथिन् । पैसा राम्रैसंग कमाएको र छोराबाट पनी बूहारीको गल्ति नभनेपछी सबैले सून्दरी शर्मालाई मन पराउथे । सुन्दरी शर्माले आफ्नो श्रीमानलाई प्रयोग गरेर अमेरिका र अष्ट्रलिया जाने सपना देख्थिन् । त्यहि भएर हर्केसंग बिबाह गरेकि थिइन् । समय बित्दै गयो । उनको बानी सूध्रिएन । अरूको फोन र प्रेम सम्बन्ध सहितका सन्देशले हर्के वाक्कैथ्यो । वास्तविकता के हो भनेर हर्के सोध्दथ्यो र सून्दरी शर्मा ठूला-ठूला स्वरले चिच्याऊथिन् । ओल्लो पल्लो रूमका मान्छेहरू पनि अचम्मीत हून्थे । पागल भाको भनेर सून्दरी शर्माले ब्लाकमेल गर्दथिन् । सबैको अगाडी सून्दरी शर्माले हर्केलाई कृतिम पागल बनाइन् । आफ्नो नाजायज सम्बन्ध लूकाउन उनले आफ्नो श्रीमानको जीवन सकिन् । हर्के माइत पूग्यो भने वास्तविकता सबै भन्छ भन्ने ठानेर उनले अर्कै निउ पारेर माइत पूगिन् । शङ्का गर्छ, जागिर पनी खादैन पागल भयो त्यसको कूरा नसून्नोस् भनेर अनूरोध गरि सकेकी थिई । हर्केका सासु-ससुरा पनि पर-पर भए ।
हर्केले आफ्नो आफन्तबाट हात धोयो । हर्केले पाएको कृतिम पागल उप-नामले उसलाई सामाजीक रूपमा सन्त्राप ( सोसियल फोबिया ) थप्यो । सुन्दरी शर्मा आफ्नो श्रीमान नभएको बेलामा आसपासको यूवा संगै सम्बन्ध राख्दथिन् । पहिलाको धेरै संगको सम्बन्धले श्रीमानसंग मात्र सिमीत हून सकिनन् । बिचरा ! हर्के खाना पकाएर बसेको हुन्थ्यो ! तर, सुन्दरी शर्मा बाहीर खाना खाएर आउथिन् कहिले मदिरा पिएर हल्लिदै आउथिन् । एउटा कुरा लुकाऊन यस्ता हत्कण्डा अपनाइन् कि सबैसंग झगडा गराईन् । सालो द्वारा घाटीमा अठ्याएर कुट्न लगाईन् । बाउलाई मार्दिने धम्की दिनको लागी अनूरोध गरिन् । हिउद पछि हर्केको भाई काठमाण्डौ आयो । गोरो र खाईलाग्दो हुनाले हुनाले बिस्तारै देवरलाई पनि प्रेमलिलामा ल्याइन् । धेरै पटक यौन सम्बन्ध राखिन् । कहिले काही हर्के डराउथ्यो र दाईले थाहा पाएपछी ठुलो असर हुने दुखेशो पोख्थ्यो । "पागल भ एको भन्दिमला पागलको कुरा कसले पत्याउछ र” ! नडराए हुन्छ । सून्दरी शर्मा मानबहिन खुरापाती कामले हर्केको अस्तित्व सकियो । शनिबार बिहान हर्के नुहाउन गयो ।
नुहाईसकेर रूममा आउदा त देवर भाउजुले ब्लु ( सेक्स भिडियो ) निशंकोच रूम खोलेर हेरेको देखेसी दुबै जनालाई उसले दुइ दुइ थप्पड लगायो । एक छिनमै शाली आएपछि दुबैले इज्जत बचाउन अस्विकार गर्दै उल्टै हर्के पागल भएको र उसको कुरा नपत्याउन आग्रह गरिन् । तर बास्तविकता अर्कै थियो । अब हर्केलाई फन्दा पर्यो । भाईको र श्रीमतिको अनैतिकताको बारेमा आफन्तलाई र घरमा सम्म केही भन्न सकेन । किनकी यो अति नै संवेदनशिल र परिवारको मान सम्मान नै बढार्ने भ एकोले उ चुप्प बस्यो । देवर भाऊजु भएर आफ्नो अस्तित्व बचाउन सबैको कान फुके । सबै परिवारको बर्ष देखिको मान सम्मान जाने हुनाले उसले डिबेट गरेन । देवर भाउजु मिलेर कान समातेर माफी माग्नको लागी समाचार पठाए । हर्केको जीवन समाप्त भैसकेको थियो ।
उसले आफ्नो भाई परिवार र श्रीमती सबैलाई छोडेर अर्को देश पुगेर पानी पिउने निधो गर्यो । राजापछी लेन्डुपहरू बढिरहेको नेपालमा यस्तै खुरापाती कार्यले परिवार र समुदाय टुक्रायो । छाडा महिलालाई आमा र धर्तीको उपनाम दिने समाजले इमान्दारी हर्केलाई चिन्न सम्म सकेन । उल्टै खराबको बिल्ला भिरायो । यहा सत्तरी बर्ष श्रीमती र परिवार पाल्नुपर्ने श्रीमानलाई नारी दवाउने परम्परावादी भनिन्छ तर, छ महिनासम्म पनि श्रीमान पाल्ननसक्ने महिलाहरूको कुरा गरिन्छ, आरक्षण दिईन्छ, महिला अधिकारको आवाज उठाईन्छ । हाम्रो समाजमा महिला अधिकार र आरक्षणको नाममा नैतिक पतन र नाङ्गिने क्रम बढ्दै छ । केटा मान्छेहरू बाथरूममा सानो कट्टु लगाएर नुहाउन लाजमान्दैछन् तर महिलाहरू त्यहि नुहाउन पहिरिने छोटो कट्टु लगाएर शहर घुम्दछन् ।

थप हेर्नुहोस्

No comments:

Post a Comment