Sunday 5 February 2017

कबिता

"आफ्नो पनको आभाष दिन नसक्ने आफन्त हुन्न"

आफ्नो पन दिन नसक्ने आफ्नो मान्छे र आफन्त हुन्न ...
फगत् नाता मात्र लागेका हुन् दु:ख र आपती सुन्न

फाईदाको लागी सजाए , सपनामा गगन चुन्न
यस्ता मानब नामका मात्र प्रिय बरू म छुन्न

आत्मियतामा छुरा चाली बुध्दि बिबेकता भो मुन्न
जसले घात गर्छ सँधै देखावटी नाता मात्र बुन्न

राबण जस्तो घातक बनी थाल्ला चरित्र ति थुन्न
आफन्त यि होइनन् जीवन हारे भने पनी म रून्न

भरोसा ठूलो बोकाई तिनले थाल्लान् फाइदा गुन्न
आफ्नो मान्छे होइनन् मुखका लवज मिठा सुन्न

थप हेर्नुहोस्

No comments:

Post a Comment