Sunday 5 February 2017

गजल

नैतिकता र आचरण गुमाएपछी
सम्पत्तिको के मतलव शिनो गनाएपछी

...

आजकाल छोटो कट्टुको फेसन बढ्यो
जवानीले अन्धो बनि युवती बहुलाएपछी

देशभक्त नेता खोज्न मुष्किल छ यहा
लेन्डुप प्रबृतिले ब्यक्तित्व जमाएपछी

कसैलाई चारवटा कट्टु फटाऊनु छ
समुन्द्रि किनारमा ह्रासलिला चलाएपछी

बिदेशको भोकमा आफ्नो श्रीमान् छोड्छन्
साथमा नाठो रमाएपछी हात समाएपछी

तराई दान दिन्छौ तर छिमेकी मान्दैन रे
प्रभुमा यिनले हजुरी लगाएपछी

स्माईल एक आत्मिय शक्ति हो बुझेस्
अन्दाजमा देखिन्न सहजै जलाएपछी

थप हेर्नुहोस्
Smile Gajurel को फोटो।

No comments:

Post a Comment