~~~गजल~~~
देबता हरुले बास गरेको देश ;
बिरका गाथाले आस गरेको देश |
कानुन नबन्दा गृह युद्धमा जान्छ ;
दलाल मिलेर नाश गरेको देश |
स्वामित्व यसमा सारा जन्ताको रन्छ ;
टाउके जन्तुले ह्राश गरेको देश |
कसरि ठडिन्छ शिर नेपाली तिम्रो ?
बाँदर तन्त्रले पास गरेको देश |
लुटेरा मालिक श्रम गर्ने याँ रुन्छ ;
सिमित मान्छेले त्राश गरेको देश |
No comments:
Post a Comment