Friday 6 March 2015

गजल

नुवाकोट जऩ्त गाको भन्थ्यो मेरो साथि ;
रक्तचाप कमि भाको भन्थ्यो मेरो साथि |

...

रिंगटाले घुमाउँदा दृश्य कमि भई ;
पागलकै दर्जा आको भन्थ्यो मेरो साथि |

साढुदाई कमै बोले सान जोगाउन ;
चालपार पर भाको भन्थ्यो मेरो साथी |

सालासाली सबै थिए सँग सँगै त्यहाँ ;
एक्लोजन्ति बन्न पाको भन्थ्यो मेरो साथि |


गनेत्यहाँ आवारामै छैन रोजगारी ;
कसैले त कुरा लाको भन्थ्यो मेरो साथि |

धनरैछ सब्को प्यारो आँखा तिर तान्ने ;
सुत्नखोजें झर्यो डाँको भन्थ्यो मेरो साथि |

खालिभाँडो फ्याँकि हिँडे भर्या अर्को देखि ;
आफुदुखी छोरो बाको भन्थ्यो मेरो साथि |

See More

No comments:

Post a Comment