Friday 6 March 2015

~~~गजल~~~

सँधै आफ्नै खुशीले डुल्नेहरु छन् ;
मोज मस्ति गरेर भुल्नेहरु छन् |

...

रात भरि सपना देखें भन्छ कोही ;
शान मान प्रतिष्ठा घुल्नेहरु छन् |

दिन्छु भनि परिछ्या घर घर धाई ;
सबै सामु इज्जत धुल्नेहरु छन् |

अर्ध बैंसे दीवानी आजकाल कठै ;
सोर्ह बर्षे प्रितमा फुल्नेहरु छन् |

प्राय: साना बैंशालु युवाहरु देखी ;
खोजि कन एकान्त सुल्नेहरु छन् |

मस्कि मस्कि अन्जान बोलीरँदा पनि ;
यौन तृष्णा मेटौन खुल्नेहरु छन् |

देखे सबै अचम्म हुन्छ होला सायद् ;
साथी भनि ढाँटेर हुल्नेहरु छन् |

See More

No comments:

Post a Comment