Wednesday 11 February 2015

~~~गजल~~~

काल्पनिक तथ्य कदापि: साँचो हुँदैन;
रुवाउला सार्है कसैको खाँचो हुँदैन!१!

...

मुखमिठो हुन्छ मनको लड्डु खाएर;
अपवाद रला सत्यको ढाँचो हुँदैन!२!

दुशाहस गरि कुटिर चाल चाल्ने त्यो ;
मानबता लुट्ने नाटक काँचो हुँदैन!३!

घाँटीरेटी भ्रुण हत्यामा लागी परेका;
अपराधी सिधा साधाको भाँचो हुँदैन!४!

अनेकता भित्र एकता हुन्छ स्माईल;
सम्मान ति लुटे लगाको टाँचो हुँदैन!५!

See More

No comments:

Post a Comment