Thursday 12 February 2015

~~~गजल~~~

प्रणय दिवशको ताम झाम देखिन्छ राजधानीमा ;
बिकृति बढिरैछ न त घाम देखिन्छ राजधानीमा |

मलाई शंकालाग्यो दिन भर अँध्यारो हुने पो होकि?
चुम्बन गरिरँदा पुरै डाम देखिन्छ राजधानीमा |

आजका यूवाहरु पनि कम छैनन् रे देख्नलाई त ;
युवती पछ्याउँदै ठूलै जाम देखिन्छ राजधानीमा |

बिदेशी संस्कारमा डुबि डुबि प्रितको फुल फूलाई ;
नेपाली रितिथिती भनि नाम देखिन्छ राजधानीमा |

आजका नकचरा अर्ध नग्न फेसन गरि सजेका ;
दिवाने बाईफाला हरु भाम देखिन्छ राजधानीमा |


No comments:

Post a Comment