गजल
समय सकिन लागेसी सहमती गरिन्छ ।
अन्तिम माघले नागेसी सहमती गरिन्छ ॥
मरेका लाशमा चेतना गुमेजस्तो लाग्दैछ ।
चितामा सोलाले दागेसी सहमती गरिन्छ ॥
ब्वाँसाका मनमा कसरि राष्ट्रियता रहला ?
भ्रष्टका तालिका टांगेसी सहमती गरिन्छ ॥
शोषित पिडित जनता होसगर सोचेर ।
गलामा पक्रेर मागेसी सहमती गरिन्छ ॥
No comments:
Post a Comment