Friday, 19 December 2014

गजल

बर्षमा आधा बिकास हुँदैन बजेट झ्वाम पार्छन्।
रुकुम डोल्पा सल्यान छुँदैन बजेट झ्वाम पार्छन् ॥

...

रकम सोर्ने शिर्षक बढेर टाकुरा चढ्न लाग्यो ।
ठेक्कामा आफ्नै धुपौरे दुँदैन बजेट झ्वाम पार्छन् ॥

बिकास गर्ने ढंगले अगाडी बढेका छैन कोहि ।
पार्टीका दुषित् फोहोर धुँदैन बजेट झ्वाम पार्छन् ॥

दुखाई पीडा जनता सँगछ पल्टिए नेता लाडे ।
सडक दुर्घ-टनाले रुँदैन बजेट
झ्वाम पार्छन् ॥

See More

No comments:

Post a Comment