गजल
लालचीले पछुतायो, जेल परेपछी;
भ्रष्टचारी जमातको, तेल परेपछी!१!
फकाउँदा देशबासी, चुप हुनेछैनन्;
संबिधान बनाउने, खेल परेपछी!२!
दलालमा निर्भरभो, पुरा देशआज;
बिदेशीले पकाएको, सेल परेपछी
!३!
नरहला कतैतिम्रो, नाम र निसाना;
अदालत्मा फाँसीदिने, बेल परेपछी!४!
बढारिंदै पुग्छौहोला, पक्का बागमति;
उर्लिएर जनताको, भेल परेपछी
!५!
Copy rights to:- Smile (Balkrishna) Gajurel
E-mail: clicktobk_4u@yahoo.com
No comments:
Post a Comment