गजल
उसले अश्लिल, बोल्यो जाँडले लागेपछी;
सम्पुर्ण बिगत, पोल्यो जाँडले लागेपछी!१!
संगत गुनाको, फल मिल्छरे भन्थेसारा;
नशामा सन्तान, घोल्यो जाँडले लागेपछी!२!
सिकारु भएछ, सबै उसको परिवार;
घरको अस्तित्व, खोल्यो जाँडले लागेपछी!३!
आफन्त पराइ, भए अरुको कुरैछोड;
फगत दुश्मनी, मोल्यो जाँडले लागेपछी!४!
मित्रता गाँसेका, सबै झुटाथे भएजती;
चरित्र हत्यौन, टोल्यो जाँडले लागेपछी !५!
No comments:
Post a Comment