Friday 19 December 2014

गजल

जसले आफ्नो माटो चिनेन उहि ठूलो कुरा गर्छ ।
बिदेश पुग्यो सुक्को तिरेन उहि ठूलो कुरा गर्छ ॥

...

नंगाई चेली आँखै अगाडी मौन रह्यो चुप चाप ।
नेपाली भन्छ तर मिलेन उहि ठूलो कुरा गर्छ ॥

सराप्यो धारे हात्ले नेपाली लाई देखी किन ऊस्ले ?
भगौटे थियो बाँच्न सिकेन उहि ठूलो कुरा गर्छ ॥

सित्तैमा मिल्ने बस्तु सहजै अनु-मान गर्न सक्छौं ।
एक्कासी माथी पुग्यो टिकेन उहि ठूलो कुरा गर्छ ॥

अश्लिल छाडा शब्द भजन लाग्छ होला ऊस-लाई ।
भजन गायो सुर थिरेन उहि ठूलो कुरा गर्छ ॥

See More

No comments:

Post a Comment