Friday 19 December 2014

गजल

अन्दाजमा भुल हुन्छ दुखाउने सुल हुन्छ ।
लालचमा छिर्यौ भने धाराशायी पुल हुन्छ ॥

...

यत्रतत्र धेरै थिए हुत्तिहारा मान्छे हरू ।
प्रतिष्ठाले धोति लाए दोषिस्वयं कुल हुन्छ ॥

अपमान बढ्दै गयो छक्याएर चाल चाली ।
हेरीराखेस् अब मित्र जिन्दगीत्यो धुल हुन्छ ॥

कुकर्मको बाटो रोजी गर्यौ-घात कैंयौं पैले ।
मानबको घाँटी रेट्यौ दोषीमान्ने हुल हुन्छ ॥

सामाजिक प्राणी माने सौदाबाजी गर्यौ किन ?
खोजीगर्दा तिम्रो यहाँ अपराध्को मुल हुन्छ ॥
http://smile-sharmainfo.blogspot.com

See More

No comments:

Post a Comment