Tuesday 23 December 2014

गजल

माया देखाएर चरित्र लुट्नेहरु छन्
सारा छक्याएर चरित्र लुट्नेहरु छन् !१!

...

छैन मानबता ईज्जत प्रतिष्ठा र शान
नाम लेखाएर चरित्र लुट्नेहरु छन् !२!

होला आसेपासे संसार सबैजना यिन्का
मान्छे फकाएर चरित्र लुट्नेहरु छन् !३!

सोचे अमेरिका यूरोप नेपाल ति एकै
धक्कु लगाएर चरित्र लुट्नेहरु छन् !४!

मरे स्वभिमान निहुरी आफ्नैशिर कठै!
छाडा जगाएर चरित्र लुट्नेहरु छन् !५!
Copy rights to:- smile(Balkrishna) Gajurel
email:- clicktobk_4u@yahoo.com

See More

No comments:

Post a Comment