Thursday 25 December 2014

गजल

जाँडले भुईंमा, लडेका हरुको, कुरै नगरौं;
तिनैले हुर्काका, बडेका हरुको, कुरै नगरौं!१!

...

पिएर एघार, बोतल उसले, गर्ला झगडा;
जँड्याहा संगत, धडेका हरुको, कुरै नगरौं!२!

सन्तान सिकारु, हुनेछ बाउको, जस्तै गुणले;
अश्लिल भजन, जडेका हरुको, कुरै नगरौं!३!

नशामा कुकुर, जसरी भुक्नेछ, पक्कै आखिर;
ईज्जत सम्मान, गडेका हरुको, कुरै नगरौं!४!

हुँदैन मानब, सभ्यता उसमा, काहिं कदापी ;
सडक नालीमा, लडेका हरुको, कुरै नगरौं!५!

सम्बन्ध नजोड्नु, बोलीका भरमा, कतै झुक्केर;
मात्तेर टुप्पोमा, खडेका हरुको, कुरै नगरौं !६!

Copy rights to:
smile(Balkrishna)gajurel
E-mail:
clicktobk_4u@yahoo.com

See More

No comments:

Post a Comment