Friday 21 November 2014

गजल

(हिमाल/ तेङ्खाङ्पोचे; छन्द:SSS SSI SSS SIS S)

कानुनी सेवा हरायो, नेता करायो! ...
माफीयाको शाषण् ल्याई, गुण्डा चरायो!!

बिर्स्यो सारा देशबाशी, मूली घरको!
आमाको सिंदुर पुछी, स्वार्थ भरायो!!

सार्कको सम्मेलन् भन्यो, मान्छे बटुल्यो !
पुरानै बिधान माथी, छल्फल् गरायो!!

चुस्यो जम्मै खुन यस्ले, गर्यो रजाईं!
आफ्नै पुरा सन्तान् राखी , झण्डा फ'रायो!!

बाउको प्यावो रैछ क्यार, उस्कै सबै यो!
छिट्टै संबिधान बन्ने, आशै मरायो!!

See More

No comments:

Post a Comment